काठमाडौं, १ मंसिर । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ दलिय मोर्चाबाट बाहिरिएसँगै सरकारलाई दिएको सर्मथन फिर्ता लिएको जानकारी दिएको हो ।
राष्ट्रिय मुद्धा लिएर निरन्तर जनताकोबीचमा उभिने पार्टीका मागहरूलाई बुझ्ने समय प्रधानमन्त्रीसँग नभएको र नदिएको भन्दै पार्टीका अध्यक्ष खड्क प्रसाद पालुङ्गाले कडा आपत्ति प्रकट गरेको छ । ‘नौं दलीय मोर्चासँग हाम्रो बिचार मिलेन, त्यसैले हामी गठबन्धनबाट बाहिरिएका हौ, जनतासँग जोडिएका हरेक विषय संविधानमा नसमेटिएको कारण हामीले बिरोध गर्र्यौ’, उनले भने, ‘नौं दलीय मोर्चाका मागहरू सम्बोधन गराउनको लागि कुनै ठोस कदम नचालेको परिस्थितिमा गठबन्धन र सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा शान्तिपूर्ण तरिकाले आन्दोलन गर्नेमा पुगेका छौं ।’
संविधानमा आउनुपर्ने बिषयहरू नआएको, अधिकाशं जनताले यो संविधान स्विकार गरेको भन्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको उनको भनाई छ ।











