दोलखा, १ मंसिर । प्रहरीले नक्कली नोटसहित एक् जनालाई पक्राउ गरेको छ । मेलुङ–४ बस्ने ३४ बर्षीय कुमार नेपालीलाई प्रहरीले नक्कली १ हजार दरको नोट २ थान सहित पक्राउ गरेको हो ।

nakali-note-750भिमेश्वर नगरपालिका–६ तामाकोशीस्थित पदमकुमारी कुवँरको पसलमा नेपालीले हिजो नक्कली १ हजारको नोट दिई रेडबुल किनीरहेको अवस्थामा प्रहरी चौकी किरातीछापको गस्ती प्रहरीले फेला पारी उनको शरिर खानतलासी गर्दा थप १ वटा १ हजार दरको नक्कली नोट बरामद भएको थियो ।