इन्द्रेणी संवाददाता
घोराही, १० कार्तिक । दाङ महिला जेसीजको आयोजनामा शुभदिपावलीको अबसरमा आज बाह्रकुने दहमा दह सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
दाङ महिला जेसीजका अध्यक्ष संञ्जिता गौतमको अध्यक्षता तथा नेपाल जेसीजका पूर्वउपाध्यक्ष एंव महेन्द्र्र संस्कृत विश्वविद्यालय कर्मचारी संघका उपाध्यक्ष विणा विसीको प्रमुख आतिथ्य तथा बराह क्षेत्र संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष टेक बहादुर गुरुङको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा पर्यटकीय रुपमा विस्तारीत दह क्षेत्रलाई सरसफाईयूक्त बनाउनका लागी सरसफाई गर्दै फोहोर व्यवस्थापनकालागी डस्टवीन हस्तान्तरण गरिएको छ ।
यसैगरी शुभदिपावलीको अवसर पारेर गरिएको बाह्रकुने दह सरसफाई कार्यक्रममा फोहर ब्यवस्थापनका साथै उक्त क्षेत्रलाई स्वच्छ सफा बनाउनुको साथै तिहारका समयमा जुवा, तास, जाँड रक्सी जस्ता विकृतिहरुलाई हटाउनुपर्ने कुरामा पनि जोड दिईएको थियो ।
कार्यक्रम संयोजक ममता विष्टको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई दाङ महिला जेसिजका कार्यकारी उपाध्यक्ष शुसीला शाहले धन्यावाद ज्ञापन गरेका थिए











