पोखरा, १० कार्तिक । काठमाडौंदेखि पोखरा आउँदै गरेको रात्रिकालिन बसबाटै मुग्लिङमा मंगलवार मध्यराति साढे १२ बजेको समयमा २५ तोला बराबरको सुनका गहना चोरी भएको छ ।

downloadपोखरा–१३, कोलपाटनचोककी ५५ वर्षीया देउताकुमारी गुरुङको २५ तोला बराबरको सुनका गरगहना मुग्लिनमा रोकिएको रात्रि बसको सिटमा राखिएको झोलाबाट चोरी भएको उनका श्रीमान बुद्धिबहादुर गुरुङले बताए ।

ना ४ ख ३६९३ नम्वरको रात्रि बसमा श्रीमान श्रीमतीसहित पोखरा आउँदै गर्दा मुग्लिङमा बस रोकेको अबस्थामा नाटकीय ढंगबाट झोलामा रहेको सुन चोरी भएको बुद्धिबहादुरले बताए ।