दिपक बोहरा , दाङ १० कार्तिक । आज बुधबार बिहान तुलसीपुरबाट १६ लाख रुपैया लुटपाट भएको छ । एउटा मोटरसाईकलमा आएका तीन जनाको समुहले आँखामा खुर्सानीको धुलो हालेर १० लाख भारतिय रुपैयाँ लुटपाट गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बिहान साढे ५ बजेतिर तुलसीपुर बसपार्कबाट बुटवल बस्त्रालयमा कार्यरत दुर्गा लामिछाने साथबाट १० लाख भारतीय ( नेपाली १६ लाख ) रुपैयाँ भएको झोला लुटेर फरर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिमिल्सीनाले बताएका छन् ।
तर लामिछानेले झोलामा कति रुपैयाँ थियो भन्ने बारेमा आफुलाई जानकारी नभएको प्रहरी समक्ष बयान दिएको डिएसी लोकनाथ तिमिल्सीनाले बताए । पसलका संचालकले पैसा भएको झोला सामान किन्न भनी दिएको र सोही रकमलाई भान्सार गर्न कृष्णानगर लिन लागिएको अबस्थामा लुटपाट भएको उनले बयान दिएका छन् ।
बुटवल बस्तात्रलयका सञ्चालक राजकुरमा श्रेष्ठले भने झोलामा १० लाख भारतिय रुपैँया भएको बताएका छन् । यस बिषयमा अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरले यसका बारेमा थप अनुसन्धानलाई जारी राखेको जनाएको छ । डिएसपी लोकनाथ तिमिल्सीनाका अनुसार अनुसन्धान पछि तथ्य बाहिर आउने छ ।











