काठमाडौँ, १० कार्तिक । नेपालीको तिहार पनि भारत निर्भर हुने गरेको छ । अधिकांश नेपालीहरुको आफ्नै करेसावारी छ तर, त्यो करेसावारीमा यसपालिको तिहारको लागि आवश्यक सयपत्री फुलसमेत रोपिएको छैन । नजिकिदै गरेको यसवर्षको तिहारका लागि भारतबाट ६० लाख रुपैयाँ बराबरको सयपत्री फूलको माला नेपाल भित्रदैछन् ।

flower_garlen-16गत बर्ष तिहारमा एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ, अध्यक्ष श्रेष्ठले भने, ‘गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला एक सयदेखि एक २० रुपैयाँसम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा ८० रुपैयाँ सम्म तिर्नुपर्ने हुन्छ ।

पछिल्लो समय गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसके पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने नेपालको वाध्यता छ ।