दाङ ३ कार्तिक । अबैध औषधी विक्रि वितरण गर्दै आएका दुईजना मेडिकल सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । दाङ तुलसीपुर ५ प्रगती टोलमा प्रकृति आयुर्वेदिक मेडिकल सञ्चालक ३३ वर्षीय अर्जुन प्रसाद गौतम र तुलसीपुर ५ को वसपार्कमा प्रतिक्षा मेडिकल हलका सञ्चालक गीता चन्दलाई प्रहरीले अवैद्य औषधि सहित पक्राउ गरेको छ । उनीहरुले डाक्टरको सल्लाह विना नै मनोमानी रुपमा दुव्र्यसनीहरुलाई अबैध रुपमा औषधि विक्रि वितरण गर्दै आएको अभियोगमा पक्राउ गरिएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनु भयो ।

23

प्रकृति आयुर्वे्दिक मेडिकल सञ्चालक ३३ वर्षीय अर्जुन प्रसाद गौतमको स्थायि घर गुल्मी जिल्लाको बेलटक्सार गाविस वडा नं. ३ र प्रतिक्षा मेडिकल हलका सञ्चालक गीता चन्द सल्यान जिल्लाको भल्चौर गाविस वडा नं. ३ निवासी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उनीहरु दुबै जनाले तुलसीपुरमा मेडिकल सञ्चालन गर्दै आएको र उनीहरुले अबैध रुपमा दुव्र्यसनीहरुलाई डाक्टरको सल्लाह विना नै औषधि वेच्दै आएको प्रहरीको आरोप छ । गौतमलाई द्यष्यतचबm लेखेको १७८ पत्ता ट्याव्लेट औषधी र अयात तबद द्य लेखेको १६ वटा पत्ता ट्याव्लेट औषधी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै चन्दलाई द्यष्यतचबm लेखेको २२ वटा पत्ता जसमा ट्याव्लेट औषधी र अयात तबद द्य लेखेको ३१ वटा पत्ता जट्याव्लेट अबैध औषधी सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगञ्जमा पठाईएको एसपी सिंहले जानकारी दिनु भयो ।