इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । आज संविधान दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसको दिन आज सरकारले सार्वजनिक विदा समेत दिएको छ । सरकारले आज परेको संविधान दिवसको अवसरमा ५ सय ३७ जना कैदीलाई जेलमुक्त गर्ने भएको छ ।

jelहिजो वसेको मन्त्रिपरिषदको आकसमक बैठकले ४० प्रतिशत कैद भुक्तान गरेका र गम्भीर प्रकृतिको अपराधमा संलग्न वाहेक ६५ वर्ष उमेर नाघेका ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय गरिसकेको छ ।
दाङमा पनि दिवसको अवसरमा केही कैदीबन्दीहरुको जेल मुक्तिको लागि सिफारिस गरेको र त्यसको जानकारी अझै गृहमन्त्रालयबाट

नआइसकेको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिए । ‘जेल मुक्तका लागि केही क्राइट एरिया थिए त्यो पूरा गरेकालाई हामीले सिफारिस गरेका थियौं, अझै त्यसको जानकारी आएको छैन‘, प्रमुख जिल्ला अधिकारी काफ्लेले भने, ‘आज दिउसो सम्म पत्र आउला, मन्त्रालयको पत्र आउन वित्तीकै हामीले उनीहरुलाई कैद मुक्त गछौं ।’