दीपक घिमिरे
गत भदौ ४ गते शनिवार विशे ष कामले लमही गएँ । फर्किदा रातको नौ बजिसके को थियो । खाना खाएर को ठामा एकछिन टिभी हेरे । त्यति खेरै लाइन गयो । अँध्यारो कोठा,अनि गर्मी उत्तिकै । पाँच मिनेट भन्दा धेरै कोठा भित्र बस्न सकिन । निद्रा पनि लागे को थिएन । छतमा उक्लिएँ, रातिको दश बजिसके को थियो । छतमा हावा खाएर बस्दा बस्दै एघार बज्यो । लाइन पनि आयो । को ठामा फर्किदै थिएँ घर अगाडि हो हल्ला थियो । छतबाटै हेरें । के ही त हुँदै छ भने र तल झरें।

घटना यस्तो थियो
बुटवलबाट आउने लोकल बसमा तुलसीपुर सम्म जाने एघार जना यात्रु थिए । बसवालाले उनीहरुसँग तुलसीपुर सम्मकै भाडा लिइसकेको रहेछ । तर घोराहीको तुलसीपुर चोकमा ल्याएर अलपत्र पार्दै तुलसीपुर नजाने अडान लिँदै रहेछ ।यात्रु जानै पर्छ भन्ने । गाडी स्टाफ अर्को गाडी आयो भने उसै मा पठाइदिने तर आफू नजाने अड्डी लिदै थियो ।म गएर एकछिन घटना सुनें । गाडी स्टाफलाई सम्झाएँ । तर उसले मेरो कुरा के सुन्थ्यो । मानवीयताको नाताले पनि यस्तो नगर्नुस् भन्दा ऊ फोनमा कुरा गर्न थालेको नाटक गर्दै साइड लाग्यो ।
गाडीभित्र तीज मान्न माइत जाने महिला अनि किनमेलका लागि पूर्व गएका महिलाहरु धेरै थिए । उनीहरु हात जोडेर यसरी अलपत्र नपारि दिन बिन्ती गर्दै थिए । यो घटना उनीहरुको आफ्नो समस्या थियो । म न गाडीवाला थिएँ न त यात्रु । तर रातिको एघार बजे आइमाई केटाकेटीको बिचल्ली देखेर नरमाइलो लाग्यो । अनि केही उपाय लगाउने सोच बनाएँ ।
म माथिको घटना
उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता राखेर मोबाइल निकालें । प्रहरी सहायता कक्षको १०० मा फोन गरें । ‘हे लो ! म दीपक घिमिरे , मेरो घरको अगाडि यात्रुलाई अलपत्र पार्दै बस अडिएको छ । सहयोग गर्न आउनुपर्यो ।’
फो न उठ्नासाथ उताको हे लो नसकिदै मैले आफ्नो कुरा राखे ।
निक्कै खरो स्वर मा उताबाट प्रहरी साथीले सोधे ‘कुन ठाउँ हो ?’
मैले शहिदगेट देखि पश्चिम र तुलसीपुर चोक देखि पूर्व भने र निश्चित एरिया नै भनिदिएँ । मेरो उत्तर सुन्ने बित्तिकै उनी यसरी कड्किए कि मानौं म कुनै अपराधी हुँ ।
‘दिमाग चाट्नलाई फोन गरेको हँ ? बोल्ने तमिज छैन ? हामीलाई दुस्ख दिने ? अगाडि त्यत्रो प्रहरी बिट देख्या छैन ? उतै गएर कम्प्लेन गर्नुस् ।’ उनले यही शब्दले मलाई उल्टै थर्काए । म स्तब्ध भएँ आखिर के गल्ती गरे र मैले ? मैले आफै लाई प्रश्न गरे ।
फे रि नम्र हुँदै भने – ‘सर म पत्रकार हुँ, घर अगाडि समस्या देखेर हजुर लाई भन्दे को हुँ । हजुर आफै बिटमा खबर गर्दिनुस् । म यात्रु पनि हो इन र गाडीवाला पनि हैन ।’
उनी झन कडकिए– ‘पत्रकार भए म के गरुँ त ? दिमाग चाट्न फोन गरेको ? अगाडि बिटमा गएर भन्ने , सानो कुरालाई लिएर फोन गर्ने है न ।’ यति भने र उनले फोन राखे ।
म ट्वाँ परे । के साँच्चि गल्ती मेरो थियो त रु यो प्रश्नले एकछिन् दिमाग ततायो । तातिएको दिमाग सेलाउन नपाउँदै त्यहा भीड जम्मा भयो । भीडले गाडीवालाले यसरी यात्रु अलपत्र पार्न नपाउने भन्दै गाडी गुडाउन भनिरहे । तर गाडीका स्टाफ मस्तले आफू–आफू गफिन थाले ।
त्यत्तिकैमा स्थानीय एकजनाले गाडी लग्छौ कि म आफै यिनी यात्रुलाई गन्तव्यसम्म पुर्याउँ भनेर गाडी स्टार्ट गरे , डराउन दिने उद्देश्यले ।
गाडी स्टार्ट भयो , गाडीवाला आएनन् । गेर लाग्यो तर पनि उनीहरुलाई वास्ता भएन । अनि सुस्त सुस्त गाडी गुड्यो । गाडीको पछि–पछि स्टाफहरु गए अनि गाडी तुलसीपुर चोक भन्दा पल्तिर रुक्यो यता स्टाफले बिटमा गाडी अरुले कुदाएर लगे भनेर कम्प्लेन गरे ।
यता गाडी कुदे पछि म तनावमै थिएँ । प्रहरी र सर्वसाधारणको सम्बन्धमा दूरी कम गर्न प्रहरी भित्रबाट निक्कै प्रयास भएका छन् । मुस्कान सहितको प्रहरी सेवा र प्रहरी मेरो साथी भन्ने कार्यक्रम पछिल्ला लोकप्रिय कार्यक्रम हुन् । तिनै लाई आधार मान्ने हो भने दुस्खमा प्रहरीको साथ हामी जनताले खोज्नै पर्छ ।
प्रहरी आफैले सहायता कक्षको नम्बर सर्वसाधारणलाई बाँड्छ । तर सर्वसाधारणले फोन गरेको बेला प्रहरी स्टाफबाटै त्यस किसिमका व्यवहार प्रस्तुत हुँदा कसरी सोच्ने प्रहरीलाई साथी रु
तनाव भइरह्यो त्यो फोन उठाउने स्टाफको कुराले । मनले नमाने पछि प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई फोन गरे । पहिला त्यो १०० नम्बर को फोन उठाउने को कम्प्लेन गरे अनि आफ्नो परिचय दिदै समस्या बताएँ ।
प्रहरी प्रमुखले अघि फो न उठाउने को बारे मा बुझ्ने आश्वासन दिनुभयो । अनि तुरुन्तै समस्या भएको ठाउँमा प्रहरी खटाउने भन्नुभयो । म उहॉसँग बिदा भएँ ।
उता गुडाएर गएको बस र प्रहरी अनि गाडीका स्टाफ रोकेर रखे को बसनिर भेट भयो अनि गाडी गुडाउने साथीलाई कुरै नबुझी प्रहरीले दुई झापट दिए । गल्ती साथीको हैन, गाडी स्टाफको हो भन्न खोज्ने साथीलाई पनि तीन झापट प्रहरीले लगायो । त्यो सबै रमिते बनेर मैले हेरिरहे । अब निष्कर्ष निकाले , आखिर कसरी मान्ने प्रहरीलाई साथी रु
गाडीका स्टाफले यात्रुका हजारौ बिन्ती सुनेनन्, प्रहरीलाई फोन गर्दा उल्टो थर्काइ खाइयो अनि बाध्य भएर स्टाफलाई धम्क्याउन गाडी स्टार्ट भयो । यो कुनै गल्ती थिएन । प्रहरीको काम निष्पक्ष छानबिन गरेर कारवाही गर्नु हो । कुरै नबुझी हात छाड्नु होइन ।
हो , अर्काको गाडी अनुमतिबिना गुडाउन ती साथीलाई छुट छैन तर किन गुडाइयो भने र प्रहरीले बुझ्ने हो , हात हालेर दादागिरी देखाउने होइन ।
समस्यामा परेका यात्रुको बारेमा गुनासो गर्ने मेरो आफ्नो अधिकार हो । तर यदि सकिदैन भने हाम्रो काम होइन, बिटमा गएर भन्नुस् भन्नुपर्ने । निक्कै तुच्छ भाषामा प्रस्तुत हुँदा मैले कसरी सोचौ प्रहरी मेरो साथी भने र रु
म आफूलाई बाठो ठान्ने मान्छे सँग त बोल्नै डराउने गरी प्रहरी प्रस्तुत हुन्छन् भने अरु
गाउँले सर्वसाधारण सँग कस्तो व्यवहार हुन्छ होला रु
हो , अहिले दाङमा शान्तिसुरक्षाको राम्रो अनुभूति गर्न पाइएको छ । नयाँ प्रहरी प्रमुखको आगमनसँगै दाङबासी सुरक्षाको हिसाबमा खुशी छन् । तर सामान्य गल्ती गर्ने एक दुईजनाले गर्दा नै सिंगो प्रहरी बदनाम हुने र जनताको नजरमा प्रहरी हाउगुजी बन्न जान्छ । त्यसै ले प्रहरी मेरो साथी भन्ने कार्यक्रम नारामा मात्र सीमित नहोस् । गल्ती गर्ने प्रहरीलाई पनि कारवाही होस् भनेर प्रहरी प्रमुख ज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु ।











