काठमाडौं, २३ भदौ । नेपालमा छिमेकी राष्ट्रहरुका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्त व्यक्तिहरु आउने जाने क्रम चलिरहन्छ । यो कुनै नौलो कुरा पनि होइन । तर नेपालमा भारतीय लामो नाकाबन्दी र त्यपछि चीनसँग नेपालको वढ्दै गएको सम्बन्धले गर्दा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई विशेष तरिकाले हेरिएको थियो । अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णयले हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।

14248887_10206953662391892_1469246513_n

चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिदैं गएको नेपाल सम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति सी सन २०१६ भित्र नेपाल आउने सम्भावना टरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा औपचारिक जानकारी आएको पुष्टि गरेको छ । यद्यपि परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको प्रतिक्रिया दिए ।

भ्रमण स्थगित गरिनुको तीन कारणः
१, पर्याप्त तयारी अभाव
२, वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर
३, केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव ।