काठमाण्डौ, २० भदौ ।
ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी–ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आइतबार ६ जना युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो ।
ग्वार्को्स्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त खाजाघरमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ ।
पक्राउ परेकामध्ये सञ्चालक २६ वर्षका सञ्जय पाण्डे र अन्य १५ देखि २० वर्ष उमेरका छन् । अहिले सातदोबाटो प्रहरीमा रहेका उनीहरूलाई सोमबार यौनजन्य क्रियाकलापसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।।रासस











