भुपेन्द्र वली / दाङ
दुई छोरिका बाउ भइसकेका पञ्चकुले ६ का लबरु चौधरि ( नाम परिवर्तन) की श्रीमतीको पेटमा चार महिनाको गर्भ रहेपछि उनलाई गर्भको लैङ्गिक परिक्षण गराउन मन लाग्यो । यस्तो परिक्षणबाट छोरा वा छोरी भएको पहिचान गर्नु मात्र नभई अबको सन्तान छोरि नै हुने देखिए गर्भपतन गराउने उनको चाहना थियो । दाङमा त्यस्तो परिक्षणको सुविधा नभएपछि उनले बुटवल पुगेर श्रिमतीको अल्ट्रासाउण्ड गराए । तर रिपोर्टले पुनः छोरि नै जन्मिने देखायो । लगतै उनि कृष्णनगरको बाटो हुँदै गोरखपुर पुगे र श्रिमतीको गर्भपतन गराए । ‘ छोराको आशा गर्दा गर्दै पहिले २ छोरि जन्मिसकेका थिए ।’ उनले भने ‘ तेस्रो सन्तान पनि छोरी नै हुने देखिएपछि श्रिमतीको गर्भपतन गराउन बाध्य भए । ’
यो प्रतिनीधी घटना मात्र हो । अझै पनि बुढेसकालको सहारा र चलनचल्तीका सामाजीक परम्पराहरुलाई कारण देखाएर गर्भको लैंङ्गिक परिक्षण गराउने र छोरी जन्मिने देखिएपछि गर्भपतन गराउनेको संख्या उच्च रहेको छ । दाङमा यस किसमको गर्भ परिक्षण गर्ने प्रविधीको अभाव भएकाले यहाँका प्रायः दम्पती गर्भ परिक्षणका लागी छिमेकी जिल्ला रुपन्देहीको बुटवल , बाँकेको नेपालगञ्ज र भारतको गोरखपुर पुग्ने गर्छन । ‘ कानुनले पनि यस किसमले गर्भको लैगिक परिक्षण गराएर गर्भपतन गराउने कार्यलाई अवैधानिक ठह¥याएको छ ’ नेपाल परिवार नियोजन संघ , दाङ शाखामा कार्यरत डां अरविन्द भुसालले भने ‘ जिल्लामा यस किसमको प्रविधी नभएकाले छिमेकी जिल्ला पुगेर गर्भ परिक्षण गराउने र छोरी जन्मिने देखिएपछि गर्भपतन गराउनेहरुको संख्या ठुलो छ ।’
छोराकै मोह
रोल्पाको लिबाङ ५ कि ४० वर्षीया गौसरी वलीले छोराको आशामा बाह्र सन्तानलाई जन्म दिईसकेकी छन । उनका एक छोरा र एक छोरीको सानैमा सामान्य बिरामी परेका कारण मृत्यु भएको थियो । हाल उनकी ९ जना छोरी भएपनि छोराप्रतिको मोह भने टुट्न सकेको छैन । ‘ यौटा छोरो जन्मिएको थियो । त्यही मात्र बाँचेको भएपनि इच्छा पुरा हुनेथियो ’ उनले भनिन ‘हाम्रो समाजमा बाँचे पाल्ने , मरे फाल्ने छोरा नै चाहिन्छ । त्यसैले छोराको आशै आशामा मेसिनले जस्तै सन्तान पाइरहे । ’
समाजमा अझै बुढेसकालको लौराको रुपमा चित्रीत गरेर छोरा नै जन्माउनु पर्ने सामाजीक दबाब कायमै छ । ‘छोराछोरी बराबरी’ भन्दै ठुलो ठुलो स्वरमा नारा घन्काइएपनि व्यवहारतः सामाजिक मनोविज्ञान भने छोराकै मोहमा फसेको देखिन्छ । महिला मानवअधिकारकर्मी लक्ष्मी आचार्यले समाजमा छोरा प्रतिको अत्याधिक मोह टुट्न नसकेको बताईन ।‘ समाज पनि छोरा नै जन्माउनु पर्ने दबाब सिर्जना गर्छ ’ उनले भनिन ।
अस्पतालमै अलपत्र छाडिन्छन सुत्केरी
गतवर्ष हाँसीपुर गाबिसका एक व्यक्ति आफनी श्रिमतीलाई सुत्केरी गराउन घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पतालमा ल्याईपु¥याए । यसअघि ३ छोरीको बाउ भइसकेको उनि अब त छोरा जन्मिनेमा ढुक्क थिए । तर उनको आशा विपरित श्रीमतीले चौथो सन्तान पनि छोरी नै पाईन । ‘ उनि चौथौ सन्तान छोरा नै हुने आशामा रहेछन । तर फेरि पनि छोरी नै जन्मिईन ।’ राप्ति उपक्षेत्रिय अस्पतालमा रहेको लैंगीक हिंसा सम्बन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रकी प्रमुख राधा रिजालले भनिन ‘ छोरी जन्मिएपछि सुत्केरी श्रीमतीलाई अस्पतालमै अलपत्र पारेर उनि भाग्न खोजे । डाक्टरले नखाने भनेका छन भनेर पोषीलो खाना समेत सुत्केरी श्रिमतीलाई खान दिएनन् । पछि प्रहरिको सहयोगमा बोलाएर काउन्सिलीङ गरेपछि मात्र श्रीमतीलाई घर लिन तयार भए ।’ रिजालले जनाए अनुसार श्रिमतीले छोरी जन्माएपछि अस्पतालमा अलपत्र छाडिदिने , श्रीमती माथी मानसिक दबाब सिर्जन गर्ने यस किसमका लैगिक हिंसाको घटना वर्षेनी हुने गरेका छन् ।
उच्च छ गर्भपतनको दर
नेपाल परिवार नियोजन संघ दाङले जनाएअनुसार पछिल्लो ७ महिनामा संघमा मात्रै ३ सय ४२ महिलाले गर्भपतन गराएका छन् । जसमा १५ देखि १९ उमेर समुहका २२ , २० देखि २४ का ७८ , २५ देखि २९ का ९८ , ३० देखि ३४ का ८७ , ४० देखि ४४ का ४३ र ४४ देखि माथिका १४ जना महिलाले गर्भपतन गराएका छन् । यो सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या हो । जिल्लामा कार्यरत चिकीत्सकहरु यो भन्दा ठुलो मात्रामा अवैधानिक रुपले गर्भपतन गराउने गरिएको छ । जसकारण महिलाहरुमा शारीरीक र मानसिक दुबै रुपमा जोखिम र असर पर्दै गएको छ । संघका शाखा व्यवस्थापक बसन्त खनालले विशेषज्ञ डाक्टरको सल्लाह बिना लुकिछिपी गर्भपतन गराउनेहरुको संख्या जिल्लामा अत्याधिक रहेको बताए । ‘ सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या जिल्लामा न्युन छ । झनै लैगिक परिक्षणमा छोरी जन्मिने देखिएपछि त दम्पती गर्भपतन गराउन जिल्ला बाहिर पुग्ने गरेका छन् । ’उनले भने ‘ प्रशासन यस्ता अवैध रुपमा गर्भपतन गराउने , औषधि बेच्नेहरको अनुगमन गरेर कारबाही गर्न असक्षम देखिएको छ ।’
