swobiu nirbachanकाठमाडौँ, १८ भदौ ।   दश विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समयमै सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

 त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने मिति तय गरेको छ ।

१० विद्यार्थी सङ्गठनको शुक्रबार बसेको संयुक्त बैठकले स्ववियु निर्वाचनको थप सुनिश्चितताका लागि सबै विद्यार्थी सङ्गठनबीच सहकार्य गर्ने निर्णय गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा मेडिकल अध्ययन गर्ने ४५ प्रतिशत वर्गीकृत छात्रवृत्ति व्यवस्था लागू गर्न सर्वोच्च अदालतले गरेको निर्णयलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरिएको उल्लेख छ ।