रोल्पा, १८ भदौ ।
स्थानीय प्रशासनले रोल्पाका चार वटा सडकहरुमा अस्थायी रुट परमिट दिएपछि गाडी चल्न थालेका छन । यातायात व्यवसायी, ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालयवीच भएको छलफलले घर्तीगाउँ–होलरी हुदै घोराही, लिबाङ–दारबोट हुदै घोराही, सुर्पाल होलेरी हुदै घोराही र जुगार–कपुरकोट हुदै तुलसीपुर रुटमा चल्ने सवारी साधनलाई अस्थायी रुटपरमिट दिने निर्णय गरेको हो ।
साथै बैठकले प्रति किलोमिटर ४ रुपैयाँ ६५ पैसाका दरले गाडी भाडा समेत कायम गरेको जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजबिक्रम रावतले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका यातायात व्यावसायीका प्रतिनिधि, राजनीतिक दल, सहिदमार्ग आयोजनाका प्रमुख, जिल्ला प्रहरी प्रमुख, अनुसन्धान कार्यालयका प्रमुख सम्मीलित बैठकले जिल्लाका ४ वटा रुटहरुमा अस्थायी रुट परमिट दिने निर्णय गरेको हो ।
यस्तै जिल्लाका अन्य आन्तरिक सडकहरु अहिले पहिरोका कारण नियमित नभएकाले सबै रुटहरुमा परमिट दिइएको छैन । सरकरले काभे्र वस दुर्घटनापछि यातायत क्षेत्रमा कडाइ गरेसंगै रोल्पामा पनि महिनौ दिनसम्म गाडी चल्न सकेको थिएन । जस्का कराण सर्वसाधारण, विरामीलाइ समस्या भएको थियो । यस्तै पहिरो गएका ग्रामिण भेगका सडकमा पनि गाडी चल्न नसक्दा जनजीवन प्रभावित वनेको खवर छ ।।











