उदय बीसी
दाङ । पछिल्लो समयमा दाङमा ई–रिक्सामा महिलाहरुको आकर्षण वढ्दै गएको छ । महिलाहरुले चालक काम गर्नुहुदैन भन्ने यहाँको प्ररम्परालाई तोड्दै दंगाली महिलाहरुले धमाधम ई–रिक्सा किनेर चलाउने गरेका छन् ।

aaaकरीव करीव सात महिनो अवधिमा जिल्लाका विभिन्न बजारहरुमा १९ जनाभन्दा महिलाले ई–रिक्सा किनेर  चलाउदै आएका छन् । जिल्लाको सदसमुकाम घोराहीमा ६ जना महिला ई–रिक्सा चालक भइसकेका छन् भने तुलसीपरमा १३ जना भइसहेका छन् । जिल्लामा शुरुमा लक्ष्मी रानाले मात्रै ई–रिक्सा किनेर चलाउथिन् । ‘यो जिल्लाको पहिलो ई–रिक्सा चालक म हो तर अहिले धेरै भइसकेका छन्’, रानाले भनिन्, ‘महिलाहरु यो रिक्सामा आकर्षण धेरै छ ।’

आफू चालक भएपछि धेरै महिलाहरुलाई ई–रिक्सा चलाउन आफैले सिकाएको उनले बताइन । अहिले पनि तीन÷चार जनालाई चलाउन सिकाइरहेको रानाले जानकारी दिइन् । महिलाहरु इमान्दार र मेहनेती भएकाले महिला चालक भएको रिक्सामा सवारीहरु वढी वस्ने गरेको ई–रिक्सा महिला चालकहरुको अनुभव छ । यसबाट आम्दानी पनि राम्रै हुने गरेको उनीहरुको भनाइ छ । लक्ष्मी जिल्लाको पहिलो ई–रिक्सा चालक मात्रै होइन उनले जिल्लामा ई–रिक्सा चलाउने महिलाहरुलाई संगठित गरी अटो रिक्सा चालकहरुको प्रमुख पनि बनेकिछन् । ‘महिलाहरु यो पेशामा लागेको धेरै भएको छैन, करीव सात महिना जति भएको छ’, उनले भनिन्, ‘एकता विना केही हुँदोरहेनछ सबैले हेप्दा रहेछन् त्यसैले हामी पनि संगठित बन्दै गएका छौं ।’
पहिले–पहिले महिलाहरुले रिक्सा चलाउदा सबैले खिस्सी गर्ने गरेपनि अहिले यसबाट आम्दानी राम्रो हुने गरेको ई–रिक्सा चालक महिलाहरु बनाउछन् । दैनिकजसो कम्त्तिमा पनि दुई÷तीन हजार कमाइ गर्ने गरेका छन् । ‘कमाइ राम्रो छ तर अहिले धेरै यस्ता रिक्सा तथा टेम्पोहरु आइसके प्रतिस्पर्दा धेरै छ’, अर्की रिक्सा चालक रमा गाहले भनिन् । आफू यो पेशाबाट दुई÷चार सय रुपैयाँ कमाउन थालेपछि दैनिक घर खर्च चलाउन पनि सजिलो भएको उनको भनाइ छ ।

करीव सात महिनाको अवधिमा जिल्लामा ई–रिक्सा र टेम्पोको संख्या अत्यधिक वढेको छ । सात महिनाको अवधिमा जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका बजार क्षेत्रमा गरी करीव तीन सय वढी ई–रिक्सा र टेम्पो सञ्चालनमा आएका छन् । पछिल्लो समयमा भित्रिएका ई–रिक्सा र पेट्रोल टेम्पोले जिल्लामा सञ्चालन हुँदै आएका  परम्परागत रिक्सालाई विस्तापित नै  गरिदिएका छन् ।