चेतन रेग्मी / तुलसीपुर
मंगलबार दिनभर बन्द भएको राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रसुती सेवा मंगलबार बेलुका देखी सञ्चालनमा आएको छ । अस्पतालमा आमा र शिशुको मृत्यु भएपछि आफन्तले अबरोध शिर्जन गर्दा अस्पतालको प्रसुती सेवा मंगलबार दिन भर बन्द भएको थियो ।

आफन्तले अस्पतालमै धर्ना दिए पछि स्थिती तनावग्रस्त बनेको थियो । असुरक्षाको कारण देखाउदै अस्पतालले पनि दिनभर प्रसुती सेवा प्रबाह गर्न सकेको थिएन् । अस्पतालको अबस्था सामान्य बन्दै गएपछि बेलुका देखी प्रसुती सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भोलाराम श्रेष्ठ र अस्पताल प्रशासनको बिषेश आग्रहमा सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ ।
बेरामीहरुलाई असुबिधालाइ मध्यनजर गरी सेवा सुचारु गरेको मेसु श्रेष्ठले बताए । यसअघि प्रसुति इन्चार्ज रमा पराजुलीका अनुसार प्रसुति वार्डमा पिडीतका आफन्तहरुले पटक पटक अवरोध सिर्जना गरेपछी प्रसुती सेवा वन्द गरिएको थियो ।
सोमबार प्रसुतीका लागि अस्पताल लगिएकी महिला र बच्चाको मृत्यु भएपछि राप्ती अञ्चल तनाव ग्रस्त बनेको थियो । दाङको हेकुली गाविस वडा नं २ पदमपुर निवासी २६ वर्षीया विमला न्यौपाने र उनको गर्भको बच्चाको मृत्यु भएपछि आफन्तले उपचारमा लापरवाही गरेको आरोप लगाउदै अस्पतालमा धर्नामा बसेका थिए ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम










