नेपाली काँग्रेस स्युजा  गाविस वडा नम्बर ३ खारा ईकाई समितिको कार्यालय उद्घाटन गरिएको छ । वडा सभापति गोवर्धन पुनको सभापतित्व तथा नेपाली कांग्रेस दाङका सभापति किर्तिवहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

14171958_10209275961167958_748890539_nकार्यक्रमका प्रमुख अतिथी खड्काले नेपाली कांग्रेसलाई सांगठिनक रुपमा बलियो बनाउन स्थानीय तहबाटै सकृयता थाल्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । लोकतन्त्रमा मात्रै मुलुक बलियो बन्ने बताउँदै उहाँले मुलुकको बिकासका लागि लोकतान्त्रीक परिपाटीको संस्कार बिकास हुनु पर्ने वताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी कांग्रेस दाङका पूर्व जिल्ला सहसचिव गोपाल राज शर्मा,जिल्ला सदस्य कमानसिं भारती,पूर्व महासमिति सदस्य भोला अधिकारी,पूर्व जिल्ला सदस्य पूर्णवहादुर मल्ल,नेविसंघ क्षेत्र नम्बर ३ का अध्यक्ष तिलक रावत लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मैते पुनले स्वागत गर्नुभएको थियो भने सहजीकरण स्युजा  गाविस ईकाई सचिव वलदेव मल्लले गर्नुभएको थियो ।