इन्द्रेणी संवाददाता
तुलसीपुर, १४ भदौ । कटुवा पेस्तोल सहित दाङमा एक जना युवा पक्राउ परेका छन् । दाङको बिजौरी ९ छिल्लीकोटका कमल ओलीलाई कटुवा पेस्तोल सहित प्रहरीले विजौरीवाट पक्राउ गरेको हो ।
२१ बर्षीय वली लाई प्रहरीको बिषेश टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।











