ओमप्रकाश गुप्ता
सिसहनियाँ १४ भदौ ।
सर्वोदय उच्च मावि सिसहनियाँमा मंगलवार विद्यालय केन्द्रित लागु औषध दुव्र्यशन तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र लालमटिया र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सर्वोदय उच्च माविका प्राचार्य गोविन्द बहादुर के.सीको अध्यक्षता एवम् इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक मदन के.सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लागु औषधका बारेमा प्रहरी साहायक निरिक्षक रोहित कुवर र ट्राफिक नियमका बारेमा अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी जवान दिपक थापाले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा सर्वोदय उच्च माविका शिक्षक रामकृष्ण पौडेल, सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका सचिव उमेश अधिकारी र विद्यार्थीहरु विवेक पन्थी, भक्तबहादुर थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो १५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सन्तोष कुमार गुप्ताले गर्नु भएको थियो ।











