चितवन, ११ भदौ । पछिल्लो समय नेपालमा देखा परेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन अध्ययन शुरु भएको छ । उक्त रोग पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ ।
मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी स्वरुप इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका टोली चितवन आएको छ । टोलीले एकसाता भित्रैमा मुसाको अध्ययन गर्न लागेको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो ।
उक्त रोगबाट अहिले सम्म नेपालमा पाँच जनाको मृत्यु भईसकेकोे महाशाखाले जानकारी दिएको छ ।










