samsadकाठमाडौँ, ११ भदौ । बढ्दो सवारी दुर्घटनाका कारण जनधनको क्षति भइरहेको विषयमा व्यवस्थापिका संसद्मा छलफल हुने भएको छ ।  विकास समितिका सभापति तथा नेकपा एमाले सांसद रवीन्द्र अधिकारीको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सदनमा छलफल हुने भएको हो ।

संसद् सचिवालयले आइतबारको बैठकको सम्भावित कार्यसूचीमा उक्त प्रस्ताव छलफल गर्ने सूचना प्रकाशित गरिसकेको छ ।  संसद् बैठक आइतबार बस्दैछ ।  सवारी दुर्घटनाका कारण जनधनको क्षति बढेकाले सडक सुरक्षा कार्ययोजना कार्यान्वयनको समेत माग गरी अधिकारीले साउन ३२ गते उक्त प्रस्ताव दर्ता गर्नुभएको थियो ।