dr paudelकाठमाडौ ११ भदौ । शिक्षा मन्त्री डीआर पौडेलले अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि गम्भिर रहेको बताउँदैं चाँडैनै नियमावली ल्याउने बताएका छन् । संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकलाई विदाई गर्ने बाटो खोलेको छ ।

मन्त्री पौडेलले उक्त ऐनले गरेको ब्यवस्था अनुसार अस्थायी शिक्षक समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताए ।

शुक्रबार पदभार ग्रहण गर्दा ुकुरा भन्दा धेरै काम गर्नेु बताएका मन्त्री पौडेलले उक्त कुरा बताएको केही बेरमै रिपोर्टस् क्लवमा पुगेर भाषण गरेका हुन् ।

उनले विद्यालय व्यवस्थापन समिति गठन र प्रधानाध्यापक नियुक्तिमा हुने राजनतिको अन्त्य गर्ने बताएका छन् । विना विभागीय मन्त्रीका रुपमा सपथ खाएको १३ औं दिनमा पदभार ग्रहण गरेका मन्त्री पौडेलले क्लवमा पुगेर यस्तो बताएका हुन् ।

भाषणका क्रममा उनले शिक्षा सम्बन्धी विद्यमान सबै प्रकारका बेथिति र विसंगतिहरुलाई जरैदेखि उखल्ने बताए ।