santi samajतुलसीपुर ९ भदौ ।  मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको साधारण सभा एवम अधिवेशन असोजको पहिलो साता हुने भएको छ ।

यस अघि भदौ ११ गते गर्ने भनिएको साधारण सभा आवस्यक तयारी नपुगेपछी असोजमा सारिएको जिल्ला सचिव शरद रेग्मीले जानकारी दिए ।

शाखाको वुधवार वसेको वैठकले असोज पहिलो साता भित्र सम्पन्न गरी सक्ने निर्णय गरेको छ । शाखा सभापति शुरेस श्रेष्ठको अध्यक्षतामा वैठक वसेको हो ।