sarbajanik sunuwaiतुलसीपुर ९ भदौ । तुलसीपुर १९ उरहरीमा रहेको आलु संकलन तथा भण्डारण बजारीकरणले सार्बजनिक सुनुवाई गरेको छ ।

संस्थाका अध्यक्ष कान्त प्रशाद ओलीको अध्यक्षता तथा जिल्ला कृषि बिकास कार्यालय दाङका वाली संरक्षण अधिकृत पिताम्बर बस्नेतको प्रमुख आतिथ्यता तथा रास नेपालका जिल्ला संयोजक हरि प्रशाद शर्माको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा तुलसीपुर १९ मा रहेको श्रीराम कृषि सहकारी संस्थाका अध्यक्ष जोगवर भण्डारीलाई मोटर १ थान , क्यारेट ५० थान , पावर टेलर १ थान र तुलसीपुर ३ मा रहेको साहारा कृषि सहकारी संस्थाका उपाध्यक्ष प्रेम बहादुर केसीलाई मोटर १ थान ,क्यारेड ५० थान र पावर टेलर १ थान बितरण गरिएको थियो ।

शेर बहादुर बस्नेतको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रममा टेक बहादुर केसी , प्रेम बहादुर केसी , सुष्मा गिरी, केशव डाँगी, हरि प्रशाद शर्मा , पिताम्बर बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण चिरञ्जीवी ऐरीले गरेका थिए ।