पूर्वप्रधानमन्त्री तथा नेकपा ( एमाले ) का अध्यक्षकेपी शर्मा ओली आज बैंकक जादैछन । ओली  नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

timthumb.php

ओली आज  दिउसो १ बजे थाई एयरवेजको विमानमार्फत बैंककका लागि उड्ने छन् । भने उनका साथमा  श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्य पनि बैंकक जाने ओलीका  प्रेस संयोजक चेतन अधिकारीले बताए ।

एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानेछन् ।