prachandaकाठमाडौँ, ८ भदौ । सरकारले निर्वाचनको वातावरण बनाउन भन्दै संविधान संशोधनको प्रक्रियाँ चाँडै सुरु गर्ने भएको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारकर्मीहरूसँग छलफलको क्रममा संशोधन प्रस्ताव चाँडै संसद्मा दर्ता गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अनलाइनका सम्पादक तथा सरकारी मिडियाका पत्रकारहरूसँग मङ्गलबार राति भएको भेटका क्रममा उहाँले निर्वाचन ‘संविधानसभाबाट संविधान जारी गर्नु जत्तिकै महìवपूर्ण’ भएकोले त्यसको वातावरण मिलाउन यस्तो गर्न लागिएको बताउनुभयो ।

उहाँले आफ्नो आसन्न भारत भ्रमण अगाडि नै संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसै महिनाको अन्त्यमा भारतको भ्रमण गर्नुहुने खबर सार्वजानिक भइसकेको छ ।

 यसको पुष्टि गर्दै उहाँले भन्नुभयो, म भारत जानुअघि नै संविधान संशोधनको प्रस्ताव दर्ता गरेर जान चाहन्छु ।