gread sheetकाठमाडौं ३२ साउन ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीअनुसार कक्षा सुरु भएर चार सेमेस्टर पूरा भइसकेको छ । तर, अहिलेसम्म विद्यार्थीले ग्रेडसिट पाउन सकेका छैनन् । वार्षिक प्रणालीमा शैक्षिकस्तर कमजोर भएको भन्दै सुरु गरिएको सेमेस्टरमा समयमै परीक्षा नहुने र नतिजा पनि आउन सकेको छैन ।

चार सेमेस्टर सकिादासम्म कुनै सर्टिफिकेट नपाउँदा मानविकी संकायका विद्यार्थी आक्रोशित भएका छन् । अंग्रेजी विषयमा स्नातकोत्तर सकेका पुष्पराज भारतीले प्रश्न गरे, ‘हामीले मास्टर्स डिग्रीको चार सेमेस्टर सकेका छौा, तर अहिलेसम्म कुनै सर्टिफिकेट पाएका छैनौा, यो कस्तो प्रणाली हो ?’

सेमेस्टर प्रणालीमा सञ्चालन भएका प्रायस् सबै संकायको सबै विषयको नतिजा सार्वजनिक गर्न ढिलाइ हुने गरेको छ । एमए पत्रकारिता विषयको गत ४ वैशाखमा परीक्षा सकिएको थियो, तर झन्डै चार महिनामा २८ साउनमा नतिजा आयो । अरू विषयमा पनि यस्तै अवस्था छ ।