काभ्रे, ३१ साउन
काभ्रेमा आज भएको यात्रुवाहक बस दुर्घटनामा कम्तिमा २४ जनाको मृत्यु भएको छ । काठमाडौंबाट कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस विर्ता देउराली उकालो बाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ ।Birta-Daurali

दुर्घटनामा चालीस जना घाइते भएका छन् । दुर्घटनामा परेकाहरुको उद्धारका लागी स्थानीय र प्रहरी खटिएका छन । स्थानीय पुष्करराज पन्तका अनुसार २४ जनाको शव फेला परेको छ । घाइतेहरु अधिकांश गम्भीर छन् ।

घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली पुगेको थियो । प्रहरी निरीक्षक नरेश महतो नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घाइतेहरुलाई छिटो उपचारका लागि अस्पतालसम्म र्पुयाउन हेलिकोप्टर आवश्यक परेको स्थानीयले बताएका छन् ।

स्थानीयले हेलिकोप्टर आउन लागेको खबर पाएपछि घटनास्थल नजिक हेलिप्याड निर्माण गरेका छन् ।।