काठमाण्डौ, ३१ साउन
भूकम्पमा भत्किएका घर पुनर्निर्माणको कामलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि एक महिने विशेष अभियान थालेको छ । अनुदान सम्झौता गरिसकेका भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ताको रकम उपलब्ध गराउन सोमबारदेखि विशेष अभियान थालिएको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।Batase

सार्वजनिक विदाको दिन र साँझ बिहान पनि काम गर्ने, बैंकको समस्या रहेका ठाउँमा घुम्ती सेवा सञ्चालन गरेर अभियान सफल बनाउने प्राधिकरणले जनाएको छ ।

अभियानकै क्रममा अनुदान रकमको बारेमा दर्ता भएका गुनासा पनि समाधान गरिनेछ ।प्राधिरकणका अनुसार अहिलेसम्म तीन लाख ३९ हजार चार सय ७३ घरधनीसँग अनुदान सम्झौता भएको र झण्डै ५० हजार घरधनीको खातामा ५० हजारका दरले पहिलो किस्ताको रकम जम्मा भएको छ ।।