दाङ, ३१ साउन
विप्लव माओवादी निकट अखिल क्रान्तिकारीको २ दिने शैक्षिक हड्तालका कारण सम्पुर्ण शैक्षिक संस्थाहरु ठप्प रहेका छन । शिक्षा क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै अखिल क्रान्तिकारीले आज र भोलि सम्पुर्ण शैक्षिक संस्था वन्दको आह्वान गरेको छ । बन्दका कारण दाङमा पनि शैक्षिक सस्था खुल्न सकेका छैनन् । शिक्षामा व्यापारीकरण वढ्दै गएको, प्लस टु र वोर्डिङ स्कुलहरुको शुल्क वढाएको विरोधमा आज र भोलि दाङ सहित देशैभरका शैक्षिक सस्थाहरु बन्दको आह्वान गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं राप्ती व्युरो इन्चार्ज प्रकाश शाहीले जानकारी दिनुभयो ।11

अहिले निजी विद्यालय र प्लस टु मा गरिएको १० देखी ३० प्रतिशत शुल्क वृद्धिले आम जनतालाई मर्कामा पार्ने काम गरेको, शिक्षा मन्त्रालयले सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएको भन्दै त्यस्को बिरुद्धमा शैक्षिक हड्तालको आह्वान गरिएको सो संगठनले जनाएको छ ।

यसैबिच, बन्दको अवज्ञा गरेको भन्दै दाङमा केही शैक्षिक संस्थामाथि तोडफोड भएको छ । वन्दको अवज्ञा गरेको भन्दै विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले घोराहीस्थित एस्कल कम्प्युटर, युके कम्प्युटर र सनलाइट कम्प्युटर सेन्टर तथा तुलसीपुरस्थित स्थित राप्ती प्राविधिक शिक्षालय र तुलसीपुर टेक्निकल इनिष्टीच्युटमा तोडफोड गरेका हुन् ।।