umlकाठमडौ ३१ साउन ।   नेकपा एमाले स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक हिजो शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  बैठकमा स्थानीय निकायको पुनर्संरचना, संघीय प्रदेशहरुको संयोजक, पार्टीको कार्यविभाजन गर्नेलगायतका विषयमा छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । बैठकमा अरु समसामयिक विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।