काठमडौ ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टी माओवादीका पाँच मन्त्री र चार राज्यमन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सरकारको प्रमुख घटक नेपाली कांग्रेसले भने अझै थप मन्त्रीहरु पठाउन सकेको छैन ।
माओवादीबाट जनार्दन शर्मा प्रभाकर, राम कार्की, हितराज पाण्डे, धनराम ९डीआर० पौडेल र अजय शंकर नायक मन्त्री बनेका छन् ।नवनियुक्त मन्त्रीहरुले आइतबार नै राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिए ।
नवनियुक्त मन्त्रीहरु शर्मा उर्जा, कार्की सञ्चार, पाण्डे स्थानीय विकास र नायक कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेल भने विना विभागीय मन्त्री छन् ।
उनले शिक्षा र स्वास्थ्य मध्ये एक पाउनेछन् । माओवादीले शिक्षा लिन चाहेको छ । तर, कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउन उसले स्वास्थ्यको साटो शिक्षा लिने सम्भावना छ ।
