काठमाण्डौ, ३० साउन
नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । झडपमा प्रहरी र नेविसंघ कार्यकर्ताहरु घाइते भएका छन् । सुरक्षामा खटिएका एक प्रहरीको टाउकोमा चोट लागेको छ ।Sanepa
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । नक्कली प्रतिनिधिहरु समावेश गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्वाचन प्रक्रिया खारेज गर्न माग गरेपछि विवाद चर्किएको हो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेविसंघ नेता दीपक भट्टराईले आफूहरुलाई पनि पार्टी कार्यालयभित्र प्रवेशमा रोक लगाइएको गुनासो गर्नुभयो ।।