काठमाडौं, साउन ३० 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिनु भएको छ । शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उहाँले स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत निर्देशन दिनुभएको हो ।

dahal
उहाँको निजी सचिवालयका अनुसार नक्कली भनिएका डाक्टरले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको र तत्काल ती डाक्टरलाई मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच्नबाट रोक्नन उपे्रेतिलाई निर्देशन दिनभएको हो । प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको छ ।।