दाङ, २९ साउन
राप्ती इलेक्ट्रिसियन एशोसीयसन प्रधान कार्यालय घोराही दाङको चौथौं साधारणसभा आज सम्पन्न भएको छ ।feature

एशोसीयसनका अध्यक्ष जीवन कुमार लम्सालको अध्यक्षता तथा नेपाल बिद्युत्त प्राधिकरण घोराही बितरण केन्द्रका सुपरभाईजर नन्दलाल शर्माको प्रमुख आतिथ्य र दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रसाद भुषालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

तुलसीराम पन्थिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एशोसीयसनका सह–सचिब सुरेश लम्सालले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण बिष्णु आर्टले गर्नुभएको थियो ।।