२८ साउन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरब लगायत विदेशका विभिन्न जेलहरुमा रहेका नेपालीहरुबारे चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई बालुवाटारमा बोलाएर खाडीका जेलमा कति नेपालीले बन्दी जीवन बिताइरहेका छन् भन्नेबारे प्रश्न गर्नुभएको छ ।
साउदी, कतार, मलेसिया लगायतका खाडी मुलुकमा कति नेपाली बन्दी जीवन विताइरहेका छन् ? कथि कम्पनी टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? यसको ठोस तथ्यांक बनामएर मलाई बुझाउनुस् । सरकारले आवश्यक निर्णय गर्छ ।’
भेटमा प्रधानमन्त्रीले खाडी मुलुकमा बन्दी जीवन जिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे जानकारी लिएका छन् । परराष्ट्र सचिव बैरागीका अनुसार उनको सहयोगमा निजी क्षेत्रबाट २८ लाख रुपैयाँ संकलन भएको छ ।
लगतै प्रधानमन्त्रीले तिमिल्सिनाको घटनाबारे बुझेर थप जानकारी गराउन भनेको उनको निजी सचिवालयले जनाएको छ । भेटमा परराष्ट्र सचिव बैरागीले पेट्रोलियम पदार्थको मूल्य घटेका कारण खाडी मुलुकहरुमा कम्पनीहरु बन्द भएको र नेपाली कामदार फिर्ता हुन थालेको बताएउनुभयो ।।