दाङ, २८ साउन
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले दाङदेखि दिल्लीसम्म बस सञ्चालन गर्ने भएको छ । त्यसका लागी तयारी गरिरहेको समितिले दाङबाट भारतको राजधानी दिल्लीसम्म सिधा वस सञ्चालन हुने जानकारी दिएको छ । अब दुई देशविचको यात्रा गर्दा गाडी फेर्नुपर्ने, रिक्सा चढ्नुपर्ने, वढि पैसा तिर्नुपर्ने र अनावश्यक दुख झेल्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।rapti-bus-1

अबको झन्डै एक महिना पछि दाङबाट सिधै भारतको दिल्लीका लागि डिलक्स बसहरु सञ्चालन गरिने समितिले जानकारी दिएको छ । यात्रुहरुको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै दाङको पूर्वी व्यापारिक केन्द्र भालुबाङबाट लमही घोराही–तुलसीपुर हुदै अमिलिया–नेपालगंज, रुपैडिहा हुदै दिल्लीका लागि बस सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको समितिले जनाएको छ ।

सुरुमा एक हप्तामा तीन दिन दिल्लीसम्मलाई डिलक्स गाडी छोड्ने र यात्रुहरुको चाप र मागलाई मध्यनजर गर्दै गाडी संख्या थपघट गर्न सकिने समितिका डायल इन्चार्ज प्रकाश भट्टले जानकारी दिनुभयो ।।