मोरङ, २९ साउन
मोरङ प्रहरीले जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । विराटनगर–१२ का सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुमाथि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा दर्ता भएको थियो ।
पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गराई कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।। रासस
