रुकुम, ९ वैशाख
सासुको हत्या गरेको आरोपमा रुकुम मग्मा ५ मा एक बुहारी पक्राउ परेकी छन् । ७२ वर्षकी बिष्णु कुमारी खत्रीको हत्या अभियोगमा उहाँकी कान्छी बुहारी १८ वर्षकी सुनिता खत्रीलाई प्रहरीले पक्रेको हो ।सुनिताको माइती जाने बिषयमा सासु बिष्णुसँग विवाद हुँदा गएको आइतबार राति हत्या भएको प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
सुनिताका श्रीमान् गएको दुई वर्षदेखी रोजगारीका लागि साउदी अरबमा रहेकोले सासु बुहारी बिचमा बेलाबखत झगडा हुने गरेको सुनिताले बयानमा बताएको प्रहरीले जनाएको छ ।
घटनाको दिनपनी आफूले माइती जान्छु भनेपछि बिष्णुले गाली गरेर फलामको चिम्टीले हिर्काएको र आफूले रिसमा हसियाँले हानेर घाँटी थिचि हत्या गरेको सुनिताले बयानमा स्वीकारेको प्रहरी नायब निरिक्षक रुपेश खड्काले बताउनुभयो ।
सुनितालाई जिल्ला अदालत रुकुमबाट दश दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब निरिक्षक खड्काले बताउनु भयो । सुनिताका श्रीमान विदेशमा भएकाले नौ महिनाकी छोरी पनी सुनिताकै साथमा प्रहरी हिरासतमा छिन् ।।