इन्द्रेणी संवाददाता
तुलसीपुर, ९ बैशाख
तुलसीपुर जिप तथा माईक्रो मिनिवस वस व्यवसायी समितिले गाडिको छत तथा ढोकामा झुण्डिएर यात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ । ग्रामिण क्षेत्रका सडकहरुमा व्यापकरुपमा छत र ढोकामा बसेर यात्रा गराईरहेको भन्ने गुनासो आएपछि समितिले चालक, यात्रु तथा गाडि धनिहरुलाई त्यस्तो आग्रह गरेको हो ।
indexसिट क्षमता भन्दा धेरै यात्रु बोक्दा सवारी दुर्घटनाको जोखिम उच्च हुने र दुर्घटना बढेको निष्कर्ष सहित समितिले त्यस्ता गतिविधि तत्काल रोक्न आफु मातहतका कर्मचारी र सवारी धनिहरुलाई आग्रह गरेको हो । समितिका अध्यक्ष पवनराज वुढाथोकी र कल्याणकारी सचिव निमकुमार श्रेष्ठले विज्ञप्ती जारी गरि  गाडिमा नझुण्डीन, सिटभन्दा बाहिर वसेर यात्रा नर्गन गर्नुभएको छ ।

विज्ञप्तीमा कोही कसैले नियम विपरित यात्रा गराएको पाईएमा कारवाही गर्ने चेतावनी दिइएको छ ।।