दाङ, २७ साउन
इन्द्रेणी अनलाइनमा ” अनाजको अभाबमा यी अनाथ जसले १० महिनाको अन्तरमा बाबुआमा गुमाए ” भन्ने शिर्षकको समाचार इन्द्रेणी अनलाइन डटकममा आएपछि यी टुहुराहरुको सहयोगमा मगर पत्रकार संघले कम्मर कसेको छ इन्द्रेणी अनलाइनमा अनाजको अभाबमा यी अनाथ जसले १० महिनाको अन्तरमा बाबुआमा गुमाए भन्ने शिर्षकको समाचार इन्द्रेणी अनलाइन डटकममा आएपछि यी टुहुराहरुको सहयोगमा मगर पत्रकार संघले कम्मर कसेको छ । नेपाल मगर पत्रकार संघ दाङले आमवुवा गुमाएका घोराही नगरपालिका ६ ढोडेनीका २ वालकहरुलाई आर्थिक सहयोग गर्ने भएको छ C संघको आज घोराहीमा बसेको आमस्मीक बैठकले संघको तर्फबाट २ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । उनीहरुलाई आजै घरमा पुगेर सहयोग रकम प्रदान गरिने संघका सचिव शान्तकुमार वुढाले जानकारी दिनुभयो ।कमाउन भनी विदेशमा पुगेका वुवा चन्द्र वुढा मगरको मृत्यु भएको २ वर्षमै आमा पवित्राको पनि हृदयघातका कारण मृत्यु भएपछि १० वर्षका सुरेन्द्र वुढा र उनका ५ बर्षका भाई शरद वुढाको विचल्ली भएको छ । यसैविच, ति वालकहरुको सहयोगका लागी संघले सहयोगीदाताहरुसंग समन्वय गर्ने भएको छ ।
त्यसका लागी संघका सचिव वुढा मगरको संयोजकत्वमा ३ सदस्यीय सहयोग समन्वय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा प्रकाश पुन र मञ्जु रोका रहनुभएको छ ।
समितिले उनीहरुको लागी देश तथा विदेशमा रहेका व्यक्तिहरुसंग समन्वय गर्ने र सहयाग गरिदिन आग्रह गर्नेछ । आमावुवालाई गुमाएपछि २ वालकको हेरविचार गर्ने जिम्मा २२ वर्षिया दिदी सरस्वति वुढालाई परेको छ । यसैविच, समितिले मगर संघ दाङसंग पनि समन्वय गर्ने भएको छ ।।