साउन २८ तुलसीपुर । तुलसीपुरमा सरसफाई अभियान सञ्चालन हुने भएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाको संयुक्त आयोजनामा आउदो भदौ ७ गते देखि अभियान संचालन हुन लागेको हो । तुलसीपुर बजार क्षेत्रलाई स्वच्छ र हराभरा राख्न ‘ क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियान सञ्चालन गर्न लागिएको तुलसीपुर उद्योग बाणिज्य संघ दाङका अध्यक्ष तथा अभियानका संयोजक बिमल रिजालले जानकारी दिए ।
अभियानको भदौ ७ गते बिहान साढे ७ बजे बागमति सरसफाई अभियानकर्ता तथा नेपाल सरकारका पुर्ब मुख्य सचिब लिलामनी पौडेल र सरसफाई बिज्ञ राजु अधिकारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम उदघाटनका लागि पौडेल र अधिकारी ६ गते नै तुलसीपुर आई पुग्ने रिजालले जानकारी दिए ।
उनीहरुसंग ६ गते दिउसो ३ बजे सरसफाई अभियानलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा अन्तरक्रिया हुने पनि उनले जानकारी दिए । सरसफाइृ अभियान प्रत्येक हप्ता ७ बजे देखी ९ बजे सम्म संचालन हुने छ । अभियानमा तुलसीपुर क्षेत्रका सरोकारवाला निकाय तथा बिभिन्न संघसंस्थाहरुले सहकार्य गरेका छन् ।
साथै अभियानलाई कसरी प्रभाबकारी बनाउन सकिन्छ भन्ने बिषयमा बिहिबार तुलसीपुर उद्योग बाणिज्य संघको हलमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । अभियानका संयोजक रिजालको अध्क्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अभियानका बारेमा बिषय प्रबेश गराउदै रिजालले तुलसीपुरका मुख्य बजार सरसफाई राख्न बजार बासीहरुमा फोहर गर्ने बानी हटाउन, सडक सफा गर्नु पर्छ भन्ने चेतना जगाउनु कार्यक्रमको प्रमुख उदेश्य भएको जानकारी दिए । अभियानकै क्रममा तुलसीपुर बजारका ठेला, अब्यबस्थित बजार पनि ब्यबस्थित गरिने उनको भनाई रहेको छ । यो अभियानलाई निरन्तर अगाडि बढाउन सक्ने हो भने केही हप्तामै तुलसीपुरको मुहार बललिने उनले बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघका पदाधीकारी, तुलसीपुर नगरपालिकाका पदाधिकारी , बिभिन्न संघसंस्थाका पदाधिकारी तथा पत्रकारहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले तुलसीपुरमा संचालन हुन लागेको अभियानलाई प्रभाबकारी बनाउन तुलसीपुर नगरपालिकाको भुमिका महत्वपुर्ण हुने कुरालाई जोड दिएका थिए ।
उनीहरुले सरसफाई अभियानबाट संकलन गरिएको फोहर उठाउन नगरपालिकाले बिषेश भुमिका खेल्नु पर्ने सुझाब पनि दिएका थिए । तुलसीपुरको फोहर उठाउन तुलसीपुर नगरपालिकाले उचित डम्पिङ् साईडको ब्यबस्थापन गर्नु पर्ने सुझाब सहभागीहरुले दिएका थिए ।
अन्तरक्रिया कार्याक्रममा बोल्दै तुलसीपुर नगरपालिकाका सरसफाई अधिकृत काजु शर्माले तुलसीपुर नगरपालिकाको फोहर उठाउन पटक पटक नगरपालिकालाई डम्पिङ साईडको समस्या हुने गरेको बताए । अहिले ब्यबस्थापन गरिएको डम्पिङ् साईडमा पनि समस्या भएको उनले बताए । अहिले ३ महिना देखी पातुखोलाको लक्ष्मीपुर बनको जग्गामा फोहर बिर्सजन गर्दै आएको भएपनि त्यहाँ पानी ठुलो पानी परेको बेला समस्या हुने गरेको उनले बताए ।
साथै नगरपालिकामा समस्याको रुपमा रहेका छाडा रुपमा छोडिएका कुकर , पशु चौपायालाई ब्यबस्थित गर्न समस्या थपिएको उनको भनाई थियो । बजारमा छाडा छोडिएका चौपाया ब्यबथापनका लागि पहल भईरहेको उनले बताए । छाडा रुपमा तुलसीपुर बजारमा केही गाईहरु रोल्पाका किसानहरुले लगेको र अरु गाईपनि फेरी आएर लैजाने उनले बताए । उनीहरुले गाईहरु रोल्पा लिए बजारमा छाडा छोडिएका गाई नियणत्रण हुने उनको भनाई थियो । तर कुकुर नियणत्रणमा भने समस्या हुने उनको भनाई छ । उनका अनुसार बाहिर बाट कुकुर ल्याएर तुलसीपुरमा छोड्ने गरेकाले पनि नियणत्रण गर्न समस्या भएको छ ।
शर्माका अनुसार अहिले तुलसीपुरको ख लाईनमा बृक्षा रोपन कार्यक्रम शुरु गरिएको छ । यस अघि तुलसीपुरको बिरेन्द्र चोक देखी बाहीनी चोक सम्म बिरुवा रोपिएको उनले जानकारी दिए । अन्तरक्रिया कार्याक्रममामा सहभागीहरुले अभियानलाई सफल पार्न सक्दो सहयोग गर्ने बताएका छन् । सो अबशरमा तुलसीपुर नगर जेसिजका कार्यकारी उपाध्यक्ष दिपेश भण्डारी, राष्ट्रिय समाचार समिति राप्तिका प्रमुख नारायणि रजौरे , पत्रकार बिमल गौतम , संगित वस्याल , प्रेम बहादुर राम्जा, गोपाल शर्मा भट्टराईलगायतले सुझाब दिएका थिए ।
अभियानका संयोजक तथा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता कोषाध्यक्ष ललित शाहले धन्यबाद मन्तब्य गरेको कार्यक्रमकोसहजीकरण महासचिव नेत्र वलिले गरेक थिए ।





