काठमाण्डौ, २७ साउन
ट्याक्सीमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी विप्लव समूहका दुइ नेता १५ दिनपछि रिहा भएका छन् ।taxi_aagjani_biplap

साउन १० गतेको नेपाल बन्दको क्रममा राजधानीको मिनभवनमा ट्यक्सीमा आगजनी गरेको भन्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिव भानुभक्त आचार्य र माओवादी काठमाडौ जिल्ला कमिटिका सदस्य नवीन विष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई काठमाडौ जिल्ला अदालतले धरौटीमा रिहा गरेको हो ।।