डोटी, साउन २७
डोटीमा लडेर एक महिलाको ज्यान गएको छ । भिरबाट लडेर डौड गाविसकी २८ वर्षकी गौरीदेवी साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बुधबार घाँस काट्न गएका बेला साउदको लडेर ज्यान गएको हो । उहाँको शव बिहीबार बिहान फेला परेको हो ।।
