महोत्तरी, २७ साउन ।
महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाईले ६ जना घाईते भएको छन् । गएराति घर नजिकै रहेको उखु खेतबाट आएको स्यालले टोक्दा लक्ष्मिनियाँ ३ का ५० बर्षिय इसाक चुरैट, ५ बर्षिया लिखित खातुन, १० बर्षिय शोयव शेष, १० बर्षिया लाडली खातुन, ३ बर्षिय राम विनय महतो र १५ बर्षिय सुदिप कुमार महतो घाईते भएका छन् ।
घरमा बसिरहेको समयमा उखुबारीबाट बाहिर निस्केको स्यालले उनीहरुलाई टोकेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
स्यालको कटाईले गम्भीर घाईते भएका उनीहरुलाई तत्काल गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा ल्याउदा त्यहाँ औषधीको अभाव देखाउँदै अस्पतालले भर्ना लिएका थिएन ।
अस्पतालमा कुकुर तथा स्यालले टोकेपछि दिईने सुई कोटा उपलब्ध हुँदै आएकोले उनीहरुलाई उपचार गराउन समस्या भएको अस्पतालका ईन्चार्ज अशोक यादवले स्वीकार गर्नुभयो । हाल उनीहरुको गौशालास्थित विभिन्न निजी क्लिनिकहरुमा उपचार भईरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।।
