पर्वत, २७ साउन ।
वागलुङको बिनामारे १ मसारफाँटको कुलो वर्षाका कारण पुरिएपछि कृषकहरु मर्कामा परेका छन् । १ सय २० रोपनीको खेत सिँचाई हुँदै आएको कुलो साउन १० गते आएको वर्षाका कारण भत्किएपछि समस्या भएको हो ।
कुलो भत्किएपछि लगाइएको धान खेती सुक्दै गएको छ ।
विनामारे र अर्जेवा गाविसका ६० जना कृषकहरुले उपभोग गर्ने कुलो भत्किएपछि कृषकहरुको केहि खेत बाँझो रहेको छ भने रोपाई गरिएको खेत सिँचाईको अभावमा धाँजा फाट्न थालेको छ ।
तिन वर्ष अगाडी कालिगण्डकी करिडोर निर्माण गर्ने क्रममा पुरिएको कुलो यसैवर्ष हिउँदमा स्थानीयले श्रमदान गरेर मर्मत गरेका थिए ।।