दाङ, साउन २७
सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा प्रथम सामुदायीक वन दिवसका अवसरमा जिल्लाका बिभिन्न सामुदायिक वन समूहहरुले बिभिन्न कार्यक्रम गरेका छन । जिल्लाका १५ वटै इलाका महासंघको अगुवाइमा सामुदायिक वन दिवस मनाइएको वन महासंघ दाङले जनाएको छ ।bn 1

सामुदायिक वन उपभोक्ता महासंघ सुनपुर इलाका महासंघको अगुवाईमा रामपुर र लक्ष्मीपुरका दुइ दर्जन बढी सामुदायिक वन समूहहरुले वन क्षेत्रको खाली जग्गामा बिभिन्न प्रजातिका दुइ हजार बढी बिरुवा लगाएका छन । गढवा इलाका महासंघको अगुवाइमा गढवामा वन तथा वातावरण सम्वन्धि अन्र्तक्रियात्मक कार्यक्रम गरिएको इलाका महासंघका अध्यक्ष लालबहादुर भण्डारीले जानकारी दिनुभयो ।

कालाकाटे इलाका महासंघको अगुवाइमा कुलपानी लगायतका सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ ।

यसैगरी दिवसमा अवसरमा घोराही नगरपालीका वर्डा न ४ भैसाही स्थित भैसाही वेलभार सामूदायीक वनउपभोक्ता समुहले वृक्षा रोपण गरेको छ । समुहले खाली रहेका करिव २ विगाहा क्षेत्रफलमा विभीन्न जातका वोटविरुवा रोपिएको समुहले जनाएको छ ।2

सामसदायीक बन उपभोक्ता समुह भैसाही वेलभारका उपाध्यक्ष भागीराम चौधरीको अध्यक्षता एवं थारु वुद्धि जिवी तथा समाजसेवि फुलमान चौधरीको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा नारायण प्रसाद अधिकारी , रत्न प्रभा अधिकारी , लगाएतले मानीससंग प्रत्यक्ष जोडीएको वन र वातावरणको क्षेत्रलाइ वेलैमा जोगाउन नसके मानीसको अस्तीत्वनै संकटमा पर्ने भन्दै वन तथा वातावरण जोगाउनमा समुदायनैै अग्रसर हुनुपर्ने वताउनु भएको थियो । कार्यकमको सहजीकरण सचवि रामप्रसाद चौधरीले गर्नुभएको थियो ।।