ओमप्रकाश गुप्ता
सिसहनियाँ २७ साउन ।
सिसहनियाँ र लालमटिया गाविसले गाउँपालिकामा जाने सहमती जनाएका छन् । सिसहनियाँ गाविसको आयोजनामा लालमटिया र सिसहनियाँ गाविसका सरोकारवालाहरु सँगको बुधवार सिसहनियाँ गाविसमा आयोजित स्थानीय तहको पुर्नसंरचना निर्माणका विषयमा भएको वृहत छलफलले सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसिपुर गाविसलाई समेटेर गाउँपालिका बनाउने लिखित सहमती गरेका हुन् ।lal

गाउँपालिकाको केन्द्र र नामका विषयमा भने साउन २९ गते पुन गोवरडिहा र हाँसिपुर गाविस सँग छलफल गरि अन्तिम टुङगो लगाउने बताइएको छ । तर बुधवारको छलफलले भने सिसहनियाँमा गाउँपालिकाको केन्द्र राख्ने सहमती नजिक पुगेको नेकपा एमाले सिसहनियाँका पार्टी प्रतिनिधि खिमबहादुर के.सीले जानकारी दिनु भएको छ । छलफलका क्रममा आफना भनाई राख्ने अधिंकाश वक्ताहरुले भौगोलिक अवस्था, क्षेत्र, पुर्वधार र सेवा सुविधाका हिसावले स्थानीय तहको पुर्नसंरचना गर्दा सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसिपुर गाविस गाउँपालिका बन्न उपयुक्त रहेको बताएका थिए ।kk

सिसहनियाँ गाविसका वोर्ड सदस्य तथा नेपाली काग्रेसका पार्टी प्रतिनिधि भिमलाल चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सहभागी शोभाकर भुसाल, नुमानन्द सुवेदी, धर्मराज अधिकारी, केशवराज खनाल, गणेश के.सी, हुकुम बहादुर बस्नेत, अर्जुन अधिकारी, दुर्योधन पाण्डे, सहजराम यादव, द्रोण भुसाल, गंगाराम भट्टराई, पुर्णबहादुर बुढाथोकी, रामप्रसाद चौधरी, खिमबहादुर के.सी लगायतका वक्ताहरुले आ आफना विचार राखेका थिए । छलफल कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।।