तुलसीपुर, २७ साउन 
तुलसीपुरमा खानेपानी व्यवस्थापनका लागी बहस सुरु भएको छ । त्यस क्षेत्रमा अत्यधिक जनघनत्व बढ्न थालेपछि पानीको व्यवस्थापनको विषयमा बहस, छलफल र अन्तक्र्रिया हुन थालेका छन ।pani

पानीलाई कसरी व्यवस्थापन गरी आम नागरिकसम्म र्पुयाउने र आगामी दिनका लागि थप योजनाहरुको बारेमा बहस गर्न थालिएको हो । खास गरेर साना शहरी खानेपानी आयोजनाले तुलसीपुरको खानेपानी व्यवस्थापनमा चासो देखाएपछि त्यसलाई पूर्णता दिन बहस थालिएको हो ।

तुलसीपुरको खानेपानी तथा सरसरफाइ संस्थाले मुहानको संरक्षण र विकास गर्न, थप स्रोतहरुको पहिचान तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय सरोकारवाला, उपभोक्ताहरुबीच छलफल गरेको छ ।

यस्तै संस्थाले विभाजन गरेका तुलसीपुर क्षेत्रका नौ खानेपानी सिस्टमका पदाधिकारी तथा सदस्य, पार्षद र सल्लाहकारसँग यी विषयहरुमा राय सल्लाह र सुुझाव मागेको छ । हाल तुलसीपुरमा ५६ लिटर प्रतिसेकेन्ड पानी उपलब्ध भएको र ८३ लिटिर प्रतिसेकेन्ड आवश्यक रहेको छ ।।