काठमडौ २७ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आगामी पुस २३ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयको बैठकले पुस २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । राष्ट्रिय सम्मेलनका लागि भदौ १० गतेभित्र प्रदेश एकता भेला, भदौ मसान्तभित्र जिल्ला एकता भेला र असोज १५ गतेभित्र इकाइ एकता भेला गर्ने अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।











